Logo
|
Saturday 27th July 2024
Logo

epaper

‘फार्मेसीबाट न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिन सक्ने व्यवस्था हुनुपर्छ’



विप्लव रञ्जित, अध्यक्ष/ नेपाल न्युट्रास्युटिकल एण्ड कस्मास्युटिकल एसोसिएसन

नेपालमा कोराना महामारी र डेङ्गु फैलदा औषधि थिएन । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने र पौष्टिक आहारयुक्त खानेकुरा खाएर रोगसँग लड्ने क्षमता बढाउनुबाहेक विकल्प थिएन । न्युट्रास्युटिकल शरीरको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउने आहारपूरक खाद्य हो ।

विदेशतिर फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले सबै हेर्ने गर्छ । फार्मेसी पसलमा कस्मास्युटिकल र न्युट्रास्युटिकलका सामान छुट्टा छुट्टै ¥याकमा राखिएको हुन्छ । आफूलाई मन पर्ने कम्पनीको क्रिम, सन–प्रोटेक्सन खरिद गर्न सकिन्छ । न्युट्रास्युटिकल र कस्मास्युटिकलका उत्पादनहरू उपभोक्ताले छानीछानी खरिद गर्न सक्छन् । तर नेपालमा औषधि, फुड, र कस्मास्युटिकल्स हेर्ने निकाय छुट्टा छुट्टै छ । यसले समस्या सिर्जना गरेको छ ।

आम उपभोक्ताहरूले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिन सक्ने व्यवस्था गर्नुपर्छ । विकसित मुलुकमा न्युट्रास्युटिकलको व्यापार ४ सय गुणाले बढेको छ । यो अधिकांशले प्रयोग गर्छन् । नेपाली आम–उपभोक्तालाई न्युट्रास्युटिकलबारे त्यति ज्ञान छैन । चिकित्सकले बिरामी हुनाको कारण पहिचान गरेर निकट भविष्यमा पुनः बिरामी नहोस् भनेर एक दुइ महिनाका लागि न्युट्रास्युटिकल प्रेस्क्राइब गर्ने गरेका छन् ।

कतिपय न्युट्रस्युटिकल रोगको उपचारसँगै दिइन्छ । जस्तोः मिर्गौला, क्यान्सरका बिरामीहरुको कपाल झर्ने, जलन, कमजोरीपना, शरीर सुकेर जाने इत्यादि जटिल समस्या देखिन सक्छ । बिरामीको शरीरलाई चाहिने जति पौष्टिक तत्व दाल, भात, तरकारी र मासुले मात्र पुग्दैन । यस्तो अवस्थामा न्युन्ट्रास्युटिकलले आहारपूरक खाद्यको पूर्ति गर्दछ । बिरामीलाई स्वस्थ राख्न सहयोग गर्छ । बिरामीको इम्युनिटी बुस्ट गर्न चिकित्सकहरूले सिफारिस गर्छन् ।

प्रतिक्रिया दिनुहोस्