Logo
|
Saturday 27th July 2024
Logo

epaper

सरकारी अस्पतालमा २४ सै घण्टा शल्यक्रिया सेवाः दुर्गममा सरुवा भएका चिकित्सक हाजिर हुन नगए कारबाही



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीर, टिचिङ, प्रसूति गृह लगायतका सरकारी अस्पतालमा २४ सै घण्टा शल्यक्रिया सेवा सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा मन्त्री यादवले सर्वसाधारणलाई शल्यक्रियाका लागि वर्षौं कुर्नुपर्ने बाध्यता हटाउन सरकारले यस्तो व्यवस्था गर्न लागेको जानकारी गराउनुभयो ।

विशेषज्ञ डाक्टरहरू दुर्गम क्षेत्रमा पठाउन लाग्दा राजनीतिक दलका नेताको पावर आउने गरेकाले समस्या परेको बताउँदै मन्त्री यादवले दुर्गममा सरुवा भएका चिकित्सकहरू हाजिर हुन नगए कारबाही गरिने बताउनुभयो ।

बैठकमा सांसदहरुले नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्ने, स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नुपर्ने, औषधि र स्वास्थ्य उपचार उपकरणहरुको गुणस्तर चेकजाँच गरिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्