Logo
|
Sunday 23rd June 2024
Logo

epaper

डेंगी संक्रमण ७१ वटा जिल्लामा



नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो समय डेंगी संक्रमण बढ्न थालेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसरा ७१ वटा जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

महाशाखाको किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार केही दिनअघि मात्र ६९ वटा जिल्लामा सीमित डेंगी फैलिने क्रम बढेको छ । वर्षा शुरु भएसंगै यसको संक्रमण पनि बढ्ने भन्दै सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । नेपालमा २०२२ को यही अवधिमा डेंगी संक्रमण उच्च बनेको थियो ।

गत वर्ष पनि केही स्थानमा डेंगी उच्च बनेकाले सबैले लामखुट्टेको टोकाईबाट जोगिनुपर्ने उहाँको भनाई थियो । जनवरीदेखि हालसम्म एक हजार १ सय ३० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । छिटफुट मात्र संक्रमण भेटिएकाले अहिले नै डराउनु पर्ने अवस्था नरहेको पनि डा दाहालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्