Logo
|
Wednesday 26th June 2024
Logo

epaper

तनहुँमा जंगली च्याउ खाँदा ५ जना बिरामी



नेपाल हेल्थ न्युज, काठमाडौँ । तनहुँमा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा परिवारका पाँच जना बिरामी भएका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी पर्नेमा ५४ वर्षिया डिलबहादुर गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका छन् ।

उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्