शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा पुनः डा. युवानिधि बसौला नियुक्त
नेपाल हेल्थ न्युज, काठमाडौँ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा पुनः डा. युवानिधि बसौला नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै बाल रोग विशेषज्ञ डा. बसौलालाई अस्पतालको आर्थिक तथा प्रशासनिक अधिकारसहित निर्देशकको जिम्मेवारी दिनुभएको हो ।
डा. बसौला तीना साता पछि पुन सरुवा रोग अस्पतालको निर्देशकमा फर्किनुभएको हो । मन्त्री यादवले गत जेठ ११ गते डा. बसौलालाई कान्ति अस्पतालमा सरुवा गर्नुभएको थियो । तर उक्त निर्णयको तीन सातापछि बुधबार डा. बसौलालाई पुनः टेकुमा फिर्ता पठाइएको हो।