Logo
|
Friday 25th October 2024
Logo

epaper

रामेछाप ट्याक्टर दुर्घटनाः जीवन र मृत्युसँग संघर्षरत चन्द्रबहादुर शाहीको उपचारमा आर्थिक सहयोगको अपिल

हस्पिटलमा गरिने उपचार सकिएपछि नर्सिङ केयर आवश्यक भएकाले सेकेन्ड इनिङ केयर होममा राखिएको छ



नेपाल हेल्थ न्युज, काठमाडौं । यी हुन् रामेछाप नगरपालिका ९ ल्याङल्याङका २१ वर्षीय चन्द्रबहादुर शाही ।

यतिखेर उनी काठमाडौंको मन्निखाटारस्थित सेकेन्ड इनिङ्स केयर नेपालको भुईँ तल्लामा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन् । पाइपबाट खाना खुवाउने गरिएको छ । घाँटीमा ट्याकेस्टोमी गरिएकाले त्यसैबाट सास फेर्छन् ।


२0८0 साल फागुन १ गते ट्याक्टर दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । सो दुर्घटनामा ट्याक्टर चालकको मृत्यु भयो । अर्को एक जना सामान्य उपचारपछि घर फर्किए । तर चन्द्रबहादुर शाहीलाई उपचारका लागि काठमाडौं ल्याइयो । उनको टाउको, ढाडको टी १ र टी ७ मा गम्भीर चोट लागेको छ ।


शुरुमा रामेछाप हस्पिटल लगियो । त्यहाँ नहुने भएपछि धुलिखेल हस्पिटल रिफर गरियो । धुलिखेलमा १ घण्टा जति राखेपछि काठमाडौंको ट्रमा सेन्टरमा लगियो । ट्रमामा ३ महिना जति उपचार भयो । हस्पिटलमा गरिने उपचार सकिएपछि नर्सिङ केयर आवश्यक भएकाले सेकेन्ड इनिङ केयर होममा राखिएको छ । अहिले डेढ महिनाजति भयो । सेकेन्ड इनिङ केयर होमले संरक्षण दिइरहेको छ । कुसुमले भाइ चन्द्रबहादुरको मासिक खर्च धान्न सक्ने अवस्थामा छैनन् । सामान्य काम गरेर जिविकोपार्जन गरिरहेका छन् ।

सेकेन्ड इनिङ केयर होमकी सञ्चालक सिता बस्नेत चन्द्रबहादुरलाई थेरापी र आवश्यक नर्सिङ केयर दिइरहेको बताउनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले सकेसम्म सहुलियत दिएको उहाँले बताउनुभयो । आफन्तहरुलाई सहयोग गर्न बस्नेतले आग्रह गर्नुभएको छ । सिताले भन्नुभयो—‘रामेछापका मान्छेले सहयोग गरे हुने ।’


दुर्घटना भएको ट्रयाक्टरको बीमा भएको थिएन । ट्याक्टर साहुको उक्त दुर्घटनामा परी घटनास्थलमै मृत्यु भयो । परिवारमा ५ जना छोरी र श्रीमती मात्र रहेकोले ट्याक्टरको तर्फबाट घाइतेलाई थप उपचारमा सहयोग गर्न सक्ने अबस्था थिएन । घाइतेको परिवारको अवस्था पनि नाजुक रहेछ । एउटा छोराको २—३ बर्षअघि क्यान्सरका कारण मृत्यु भएको थियो । अर्का छोरा मन्थलीको भैसेस्वरमाथि ट्याक्टर दुर्घटना हुँदा टाउकोमा चोट लागि उपचार पश्चात् बाँचे पनि मानसिक सन्तुलन गुमाएका छन् । आमा यसैपाली लडेर ढाड भाँचिदा बारी बेचेर सहारा बचत मन्थलीबाट ऋण लिएर ७—८ लाख खर्च भएको थियो । अहिले आयआर्जन गर्ने कान्छो छोरा पनि ट्याक्टर दुर्घटनामा परेपछि परिवारको अवस्था नाजुक छ । सानो सहयोगले घाइतेको उपचारमा ठूलो मद्दत हुने हुँदा लक्ष्मी सनराइज बैकको तल रहेको क्युआर स्क्यान गरी आर्थिक सहयोग गरिदिन दाइ कुसुमले आग्रह गरेका छन् ।

सम्पर्क फोन नम्बर कुसुम शाही 9869135129
खाता NO : 07120006914
Kusum shahi

Laxmi sunrise bank

प्रतिक्रिया दिनुहोस्