Logo
|
Saturday 28th September 2024
Logo

epaper

सरकारी अस्पतालमा लामो समय लाइन बस्नुपर्ने बाद्यता हटाउन उच्चस्तरीय टोली गठन भइसक्यो: स्वास्थ्यमन्त्री यादव



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताउनुभएको छ । सोमबार बसको प्रतिनिधि सभा बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनियोजन शीर्षकअन्तर्गत बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लामो समय लाइन बस्नुपर्ने बाध्यता नबनाउन मन्त्रालयमा उच्चस्तरीय टोली गठन भई काम सुरु गरिएको बताउनुभयो । उहाँले हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि विस्तारित सेवा केही सङ्घीय अस्पतालमा लागू भइसकेको र बाँकी लागू गर्ने क्रममा रहेको जानकारी दिनुभयो । उहाँले उपत्यकाका ठुला अस्पतालहरूमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको पनि बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, ‘‘हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि विस्तारित सेवा केही सङ्घीय अस्पतालमा लागू भइसकेको छ । बाँकी लागू गर्ने क्रममा छौँ । केन्द्रीय अस्पतालमा स्वास्थ्य सेवाका लागि लामो समय कुर्नुपर्ने अवस्था हटाउनको लागि मैले मन्त्रालय सम्हालेको सुरुदेखि नै प्राथमिकतामा राखेको छु । यसका लागि मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइसकेको र अध्ययन प्रारम्भ गरिसकेको जानकारी गराउँछु । उपत्यकाका ठुला अस्पतालहरूमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको छ ।’’ मन्त्री यादवले मिर्गौलासम्बन्धी रोगमा चार लाख ५० हजारसम्म सहुलियत प्रदान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्