Logo
|
Saturday 28th September 2024
Logo

epaper

जंगली च्याउ खाँदा मकवानपुरमा एक सातामा तीन जनाको मृत्यु



नेपाल हेल्थ न्युज, मकवानपुर। जंगली च्याउ खाँदा एक सातामा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ ।

कैलाश गाउॅंपालिका वडानम्बर ९ का चार बर्षिया दिपेश लामा, कैलाश गाउॅंपालिका वडानम्बर ९ कै २५ बर्षिया निरुमाया रुम्बा र राक्सिराङ गाउॅंपालिका वडानम्बर ७ का ५५ बर्षिय बल बहादुर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जंगली च्याउ खाँदा कैलाश, राक्सीराङ र मकवानपुर गढी गाउॅंपालिकाका १६ जना बिरामी भएका छन् । बिरामी भएका मध्य ८ जना बिरामी हेटौंडा अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ जना बिरामीको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्