Logo
|
Friday 28th June 2024
Logo

epaper

नेपाल आँखा अस्पतालमा साउन १ गते स्वास्थ्य बिमा सेवा लागू हुने



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बिमा बोर्डबिच स्वास्थ्य बिमा सेवा लागू गर्ने सम्झौता भएको छ । सम्झौतामा आज अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईं र बिमा बोर्डका तर्फबाट शाखा अधिकृत यशोदा अर्यालले हस्ताक्षर गर्नुभयो । 

सम्झौताअनुसार अस्पतालले आफ्नै परिसरमा औषधि वितरण कक्षको स्थापना गर्ने र बिमितलाई तोकिएका सेवा तथा औषधि निरन्तर उपलब्ध गराउने छ ।

आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने सम्झौता पाँच वर्षका लागि मान्य हुने अस्पतालले जनाएको छ । अस्पतालले तोकिएको दरमा बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवा उपलब्ध गराउने र सोहीअनुसार बोर्डले भुक्तानी मिलाउने सम्झौतामा उल्लेख छ । रासस  

प्रतिक्रिया दिनुहोस्