Logo
|
Sunday 30th June 2024
Logo

epaper

नेपालगञ्जमा विद्यालयका किशोरीहरुको शरीरमा रगतको मात्रा पत्ता लगाउन निःशुल्क रक्त परीक्षण अभियान

विद्यालयका १० देखि १९ बर्षका किशोरीहरुलाई एक बर्षमा करिब २६ वटा आइरन खुवाई सकेपछि आइरन चक्की खाएका र नखाएका किशोरीहरुको शरीरमा रगतको मात्रा पत्ता लगाइँदै



नेपाल हेल्थ न्युज, नेपालगञ्ज । शरीरमा रगतको मात्रा पत्ता लगाउन नेपालगञ्ज वडा नम्बर २ मा रहेका विद्यालयका किशोरीहरुको निःशुल्क रक्त परीक्षण गरिएको छ ।


शहरी स्वास्थ्य केन्द्र नेपालगञ्ज २ को आयोजनामा वडा भित्रका सबै विद्यालयका १० देखि १९ बर्षका किशोरीहरुलाई एक बर्षमा करिब २६ वटा आइरन खुवाई सकेपछि आइरन चक्की खाएका र नखाएका किशोरीहरुको शरीरमा रगतको मात्रा पत्ता लगाउन निःशुल्क रक्त परीक्षण गरिएको जनस्वास्थ्य निरीक्षक एवं स्वास्थ्य संस्था प्रमुख आइतवारी चौधरीले जानकारी दिनुभयो

सो अवसरमा ५७ जना किशोरीहरुको निःशुल्क रक्त परीक्षण गरिएको थियो ।


किशोर किशोरीहरुका लागि पोषण कार्यक्रम सञ्चालन निर्देशिका २०७६ अनुसार किशोरीहरुलाई प्रत्येक वर्ष श्रावण महिनबाट सुरु गरी हप्तामा एक पटकका दरले लगातार १३ हप्ता सम्म आइरन चक्की खुवाउने र १३ हप्ता नखुवाउने गरी एक बर्षमा एउटा किशोरीले २६ वटा आईरन फोलिक एसिड चक्की खानुपर्छ ।


नेपालगञ्जको २ नम्बर वडा कार्यालयको आर्थिक सहयोग र यशोदा मल्टिस्पेसलिटि हेल्थसेन्टर घरबारी टोलको प्राविधिक सहयोगमा विद्यालयका किशोरीहरुको निःशुल्क रक्त परिक्षण शिविर गरिएको थियो ।


सो शिविर श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय नेपालगञ्ज २ घरबारी टोलमा बुधबार सम्पन्न भएको हो ।


शिविरको समापन सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमा उपाध्यायको अध्यक्षतामा भयो ।


समापन सत्रमा प्रमुख अतिथि २ नं. वडा कार्यालयका वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, सोही वद्यालयका प्रधानाध्यापक विरेन्द्र यादव, स्वास्थ्य महाशाखा नेपालगञ्जका प्रमुख रामबहादुर चन्द, पुर्व वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सुनिल सिंह हमाल, वडा सदस्य तुलसा नेपाली, यशोदा मल्टिस्पेसलिटि हेल्थ सेन्टर नेपालगञ्ज २ का सञ्चालक रोशन के.सी.तथा विद्यालयका शिक्षक, शिक्षिकाहरु र रक्त परिक्षण गराएका छात्राहरुको उपस्थिति रहेको थियो । समापन सत्रमा प्रमुख अतिथिहरुले शुभकामना मन्तव्य राख्दै यशोदा मल्टिस्पेसलिटी हेल्थ सेन्टर नेपालगञ्ज २ का सञ्चालकलाई धन्यवाद समेत दिएका थिए । शुभकामना मन्तव्य दिँदै २ नं. वडा कार्यालयका वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले यो शिविर अति नै राम्रो रहेको र यो शिविरले किशोरीहरुको शरीरमा रगतको मात्रा के कति छ सो को जानकारी समयमै गराउन सहयोग गर्ने बताउनुभयो । उहा“ले आगामी आ.व. २०८१/८२ मा अन्यविद्यालयहरुमा पनि यस्तै खालका शिविर राख्ने प्रतिवद्घता समेत व्यक्त गर्नुभयो । मन्तव्यकै क्रममा यशोदा मल्टिस्पेसलिटी हेल्थ सेन्टरका सञ्चालक रोशन के.सी. ले आÏनो संस्थाले समाज प्रतिको उत्तरदायित्व बहन गर्दै यो शिविरमा सहयोग गरेको जानकारी प्रदान गर्नुभयो । समापनसँगै शिविरको आयोजक शहरी स्वास्थ्य केन्द्र नेपालगञ्ज २ ले प्राविधिक सहयोग गर्ने यशोदा मल्टिस्पेसलिटी हेल्थ सेन्टर नेपालगञ्ज २ लाई सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमा उपाध्याय तथा २ नं. वडा कार्यालयका वडा अध्यक्ष मनोज कुमार श्रेष्ठको हातबाट प्रशंसा–पत्र स–धन्यवाद प्रदान गरिएको थियो ।


नेपाल सुक्ष्म पोषक तत्व सर्भेक्षण, २०१६ अनुसार नेपालका २१ प्रतिशत किशोरीहरुमा रक्तअल्पताको समस्या रहेको छ । किशोरीहरुमा यसरी रगतको कमी देखिनु जीवन चक्रमा आधारित पोषणको हिसाबले अत्यन्तै गम्भिर समस्या हो, जसको असरले यस्ता किशोरीहरु तथा उनीहरुबाट पछि जन्मिने बालबालिकाहरुमा दीर्घकालिन रुपले स्वास्थ्यमा असर पर्दछ ।


किशोरीहरुमा हुने रक्तअल्पता कम गर्न भारत, फिलिपिन्स, कम्बोडिया, इजिप्ट, लाओस र भियतनाम लगायत विश्वका विभिन्न मुलुकहरुमा किशोरीहरुमा साप्ताहिक आइरन तथा फोलिक एसिड वितरण कार्यक्रम सफलतापूर्वक कार्यान्वयन भएको छ । विश्वका अन्य देशहरु जस्तै नेपालमा पनि किशोरावस्थामा हुने रक्तअल्पताको समस्यालाई सम्बोधन गर्नको लागि नेपाल सरकारले आ.व. २०७२/७३ बाट विद्यालयका १० देखि १९ बर्ष उमेर समुहका किशोरीहरुलाई विद्यालयमार्फत तथा विद्यालय नजाने किशोरीहरुलाई स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकाहरु मार्फत सप्ताहिक रुपमा आइरन चक्की खुवाउने कार्यक्रम ८ जिल्लाहरुबाट सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्