Logo
|
Thursday 4th July 2024
Logo

epaper

अस्पतालहरुको सुधारका लागि मन्त्रालय रातदिन काम गरिरहेको छः स्वास्थ्यमन्त्री यादव



नेपाल हेल्थ न्युज काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरूको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रालयले रातदिन काम गरिरहेको बताउनुभयो ।

उहाँले अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवको नेतृत्वमा काम भइरहेको बताउनुभयो । साथै, स्वस्थ्य क्षेत्रमा जनशक्ति कम रहेको भन्दै करारमा लिएर भए पनि काम गराउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले मन्त्रालय मातहतमा रहेका अस्पतालको सुधारका लागि विभिन्न कार्यक्रमसहित अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्