Logo
|
Sunday 7th July 2024
Logo

epaper

७३ जिल्लामा फैलियो डेंगु: काठमाडौंमा १५९, झापामा १२० जनामा संक्रमण



नेपाल हेल्थ न्युज, काठमाडौँ । देशभर डेंगुको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी) का अनुसार देशका ७३ वटा जिल्ला संक्रमण पुष्टि भएको छ ।

७३ जिल्लामा एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको इडिसिडीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

डेंगु संक्रमणबाट सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । इडिसिडीको तथ्यांक अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लागरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन ।

काठमाडौं र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौंमा १५९, झापामा १२० जनामा डेंगु पुष्टि भएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्