Logo
|
Saturday 5th October 2024
Logo

epaper

स्वास्थ्य मन्त्री प्रदिप यादवद्धारा राजिनामा



नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले पदबाट राजिनामा दिनुभएको छ ।

जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री यादवले शुक्रबार राजिनामा दिनुभएको हो ।

जनता समाजवादी पार्टीका सचिवसमेत रहेका यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको थियो । उहाँले लगभग ५३ दिन मात्र स्वास्थ्य मन्त्रीमा रहेर काम गर्ने अवसर पाउनुभएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सांसद मन्त्री यादव पर्सा १ बाट निर्वाचित सांसद हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्