राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डा. जनार्दन पन्थी
नेपाल हेल्थ न्युज, काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी डा. जनार्दन पन्थीले पाउनुभएको छ ।
प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेका अनुसार लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका निवर्तमान सचिव डा. पन्थीलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रतिष्ठानको निमित्त निर्देशकको ज़िम्मेवारी दिइएको हो ।