Logo
|
Saturday 26th October 2024
Logo

epaper

सर्रे खोला बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार



नेपाल हेल्थ न्युज, सिरहा । सर्रे खोलामा आएको बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार गरेको छ।

लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरी कार्यालय जाने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक आएको बाढीमा फसेका थिए । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत रहेका छन्।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार खबर पाउनासाथ तुरुन्तै प्रहरी घटनास्थलमा पुगी दुई घण्टाको प्रयासपछि उनलाई सकुशल उद्धार गरिएको हो। उद्धार कार्यमा स्थानीयवासीका साथै सशस्त्र प्रहरीले सहयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्