Logo
|
Saturday 26th October 2024
Logo

epaper

औषधि व्यवस्था विभागद्धारा क्युरेक्स फार्माको फोलिकेयर ट्याब्लेट बिक्रीमा रोक



नेपाल हेल्थ न्युज, काठमाडौँ । औषधि व्यवस्था विभागले क्युरेक्स फार्मा कम्पनीको फोलिक एसिड ट्याब्लेट बिक्रीमा रोक लगाएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा कम्पनीको फोलिकेयर ट्याब्लेट नामक औषधिको ब्याच नम्बर ‘टीईएस ०३२’ न्यून गुणस्तर पाइएपछि विभागले औषधि बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको छ ।

विभागले खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोगसमेत नगर्न आग्रह गरेको छ । उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्