राष्ट्रिय क्यान्सर रणनीति बनाउने नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको पहिलो निर्णय
नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको दिन राष्ट्रिय क्यान्सर रणनीति (२०२४ २०३०) बनाउने पहिलो निर्णय गर्नुभएको छ ।
मुलुकमा दिनप्रतिदिन क्यान्सर रोगका बिरामी बढिरहेको वर्तमान अवस्थालाई ध्यानमा राखेर क्यान्सर निवारणका लागि रणनीति बनाउने निर्णय गर्नुभएको हो ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचिन पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा आजै नियुक्त हुनुभएको हो ।