स्वास्थ्यमन्त्री पौडेलको प्रतिवद्धताः शहीद गंगालाल हृदय केन्द्रलाई पाँचसय शय्यामा विस्तार गरिने
६ प्रदेशमा हृदय केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने
नेपाल हेल्थ न्युज, काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई पाँच सय शय्यामा विस्तार गर्ने गुरु योजना रहेको बताउनुभएको छ ।
स्वास्थ्यमन्त्रीमा नियुक्त भए लगत्तै केन्द्रको अनुगमनमा पुगेका पौडेलले अस्पतालका कार्यकारी निर्देशक तथा कर्मचारीहरुसँगको छलफलका क्रममा उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
मन्त्री पौडेलले अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने समेत बताउनुभयो ।
यस्तै उहाँले अन्य ६ वटा प्रदेशमा समेत हृदय केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो ।