डेङ्गु र टाइफाइड देखिएपछि राप्रपाका नेता एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना
नेपाल हेल्थ न्युज, काठमाडौँ । राप्रपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई बुधबार दिउँसो वीर अस्पताल भर्ना गरिएको हो ।
पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुग्नुभएका चन्दलाई डेङ्गु र टाइफाइड देखिएपछि बुधवार भर्ना गरिएको अस्पतालले जनाएको छ ।
अहिले अस्पतालको भीभीआइपी कक्षमा चन्दको उपचार भइरहेको राप्रपा स्रोतले जनाएको छ । चन्द विभिन्न समयमा नेपालमा चारपटकसम्म प्रधानमन्त्री हुनुभएको छ । उहाँ नेपालमा मदन पुरस्कार पाउने एकमात्र प्रधानमन्त्री हुनुहुन्छ ०५४ सालमा उहाँको विसर्जन नामक कृतिले मदन पुरस्कार पाएको थियो ।