अस्पतालको लिफ्टमा ४८ घण्टा फसेका रविन्द्रनको कथाः ‘बाँच्ने आशा नै मारिसकेको थिएँ’
नेपाल हेल्थ न्युज, केरला । कल्पना गर्नुहोस् तपाईं लिफ्टमा अड्कनुभयो, त्यो पनि केही समयको लागि होइन, तर ४८ घण्टाको लागि । जसको कल्पना गर्दा पनि डर लाग्छ । यो ५९ वर्षीय रविन्द्रन नायरको कथा हो । जो गत शनिबार दिउँसोदेखि सोमबार बिहानसम्म लिफ्टमा फसे ।
चार महिनाअघि बाथरुममा लडेकाले मेरो ढाडमा समस्या थियो । त्यसदिनयता मेरो दिनचर्या एकजस्तै भएको थियो । श्रीमती श्रीलेखासँग तिरुवनन्तपुरम मेडिकल कलेजको दोस्रो तल्लामा अर्थोपेडिक्स विशेषज्ञलाई भेट्न जान्थेँ । गत शनिबार हामी समयमै अस्पताल पुग्यौँ । किनभने श्रीमतीको दश बजे अफिस जानुपर्ने थियो । गत हप्ता कोल्लम जाँदा धेरै ढाड दुखेकाले ढाडको एक्स–रे गराउन अस्पताल गएको थिएँ ।
एक्स–रे रिपोर्ट हेरेपछि डाक्टरले रगत परीक्षणको रिपोर्ट देखाउन भन्नुभयो । तर, रिपोर्ट घरमै छुटेछ, एक्सरे रिपोर्ट लिन घर गएँ । रिपोर्ट लिएर अस्पताल आइपुग्दासम्म १२ बजि सकेको थियो । १ बजेसम्म जसरी पनि काममा पुग्नुपर्ने बाद्यता थियो । मेरी श्रीमती अस्पतालकै कर्मचारी थिइन् । त्यसैले मैले स्टाफको लिफ्ट रोजेँ ।
‘बाँच्ने आशा नै मारिसकेको थिएँ’
जब मैले लिफ्ट नम्बर ११ मा १२ः०५ मा प्रवेश गरें । त्यहाँ कुनै अटेन्डेन्स थिएन । भित्र सबै सामान्य थियो । त्यसपछि दोस्रो तलामा जाने बटन थिचेँ । त्यसपछि जे भयो त्यो कल्पना समेत गरेको थिइन । खासमा, लिफ्ट दोस्रो तल्ला नजिक पुगेर एक्कासी तल झर्यो र दुइतल्लाको बिचमा अड्कीयो । मैले लिफ्टमा लेखिएको इमरजेन्सी नम्बर डायल गरें । अलार्म बजिरहेको थियो, तर कुनै प्रतिक्रिया आएन । त्यसपछि श्रीमती सहित धेरैलाई फोन गरें । तर, नेटवर्कमा समस्या भएकाले कसैको पनि फोन लागेन ।
डर लाग्यो । आवाज निकाल्नका लागि जोडले लिफ्टमा हान्न थालें । त्यतिबेला अन्धकारमा मेरो फोन कतै खस्यो । फोन फुटेकाले काम गर्न छाड्यो । म चिच्याइरहेँ । लिफ्टको ढोका खोल्न निरन्तर प्रयास गरेँ । त्यहाँ कुनै प्रकाश थिएन । तर, केही स–साना प्वालहरूको मद्धतले सास फेर्न सक्थेँ ।
मद्दतका लागि आउनेछ भन्ने आशामा बारम्बार अलार्मको घण्टी बजाइरहेँ । दिन र रात छुट्याउन सकिनँ । भित्र पूरै अँध्यारो थियो, थकित भएर त्यतिकै निदाएछु ।
म बाँच्दिनँ भन्ने लाग्यो । मलाई श्रीमती, छोराछोरी र परिवारको चिन्ता हुन थाल्यो । मैले मेरा स्वर्गीय आमाबुबा र पुर्खाहरूको बारेमा सोचें । तर त्यसपछि मैले आफ्नो मानसिक सन्तुलन पुनः प्राप्त गरें । र अन्य कुराहरूमा ध्यान केन्द्रित गरें, ताकि म यसबाट बाहिर आउन सकूँ।
रविन्द्रनको खल्तीमा एक वा दुईवटा रक्तचापको चक्की थियो । तर पानी नभएका कारणले औषधि खान सक्नुभएन । मुख यति सुक्खा भइसकेको थियो कि औषधि निल्न पनि सक्नुभएन । त्यसपछि उसले लिफ्ट मर्मत गर्न कोही आउँछ भन्ने महसुस गर्नुभयो ।
रविन्द्रनले भन्नुभयो– ‘यो घटना करिब ४२ घण्टापछि सोमबार बिहान ६ बजे लिफ्ट अपरेटरले ढोका खोले । लिफ्टबाट हाम फाल्न आग्रह गरे । तर, शरीर निकै थाकेको थिएँ । तलतिर पल्टिएको थिएँ ।’
‘परिवारले हराएको उजुरु दर्ता गराए’
रविन्द्रनकी श्रीमती श्रीलेखाले बीबीसीलाई भन्नुभयो– ‘मलाई अपरिचित नम्बरबाट फोन आयो । रविन्द्रन अर्को छेउमा हुनुहुन्थ्यो । उहाँले श्रीमान लिफ्टमा फसेको जानकारी दिनुभयो । घर लैजान आग्रह गर्नुभयो ।’
यद्यपी, आइतबार बिहानदेखि नै फोन सम्पर्क नभएको भन्दै श्रीलेखा र उनका दुई छोराले हराएको उजुरी दिएका थिए ।
छोरा हरिशङ्करले भन्नुभयो ‘बुबा धेरै पटक अस्पतालबाट सिधै काममा जानुहुन्थ्यो । त्यसकारण हामीले आइतबार बिहानसम्म पख्र्यौँ । फोन फुटेकाले प्रहरीले पनि जीपीएस लोकेशन पनि पत्ता लगाउन सकेनन् ।
रविन्द्रनको अवस्था कस्तो छ भन्ने प्रश्नमा पत्नी श्रीलेखा भन्नुहुन्छ ‘उहाँसधैं शान्त स्वभावको हुनुहुन्थ्यो । यो घटनाको बारेमा कुरा गर्दा धेरै रिसाउनुहुन्छ । मुटु रोगीलाई यस्तो भएको भए के हुन्थ्यो? मेरो ठाउँमा गर्भवती महिला भएको भए के हुन्थ्यो ? बारम्बार यहि कुरा गरिरहनुहुन्छ ।’
‘दोषिलाई कडा कारबाही हुन्छ’
केरलाको स्वास्थ्य मन्त्री वीणा जर्जले मंगलबार रविन्द्रन नायरलाई अस्पतालमा भेट गर्नुभयो । अहिले उहाँको उपचार भइरहेको छ । घटनाबारे स्वास्थ्यमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कडा कारबाही गरिने जनाएको छ । श्रीलेखाले यस घटनाका लागि अस्पताल प्रशासन र स्वास्थ्यमन्त्रीले ‘आफूसँग माफी मागेको’ बताउनुभयो । बीबीसी