Logo
|
Friday 18th October 2024
Logo

epaper

गर्भवती महिलालाई डेंगु संक्रमण भए बच्चाको स्वास्थ्यमा कस्तो असर पर्छ ?



नेपाल हेल्थ न्युज, काठमाडौँ । वर्षायाममा ब्याक्टेरिया र भाइरल संक्रमणको जोखिम बढी हुन्छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुले विशेष सावधानी अपनाउनुपर्दछ । कतिपय महिलालाई गर्भावस्थामा ज्वरो, डेंगु र मलेरिया हुनसक्छ । गर्भावस्थामा डेंगु संक्रमण गर्भवति र बच्चा दुबैका लागि हानिकारक हुनसक्छ ।

डेंगु ज्वरो एडिस लामखुट्टेको टोकाइबाट सर्दछ । संक्रमित व्यक्तिलाई उच्च ज्वरो, कडा टाउको दुखाई, आँखाको पछाडि दुख्ने, जोर्नी मांसपेशी दुख्ने, दाग र हल्का रगत बग्ने (जस्तै नाक वा गिजाबाट रगत बग्ने) समस्या हुनसक्छ ।

समयपूर्व जन्मः डेंगुको संक्रमणले बच्चाको समयअघि जन्मिने जोखिम बढाउँछ ।

कम तौल जन्मनेः गर्भावस्थामा डेंगुबाट संक्रमित शिशुको जन्म तौल कम हुन सक्छ ।

भ्रूण संकटः डेंगु भाइरसले भ्रूण संकट निम्त्याउन सक्छ । जसले प्रसवको समयमा जटिलताहरू निम्त्याउन सक्छ ।
गर्भावस्थामा आमालाई लाग्ने रोगका कारण बच्चाको ज्यान जोखिममा पर्न सक्छ ।

गर्भावस्थामा डेंगुबाट कसरी बच्ने ?
लामखुट्टे विरुद्ध सुरक्षा
डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्छ । यस्तो अवस्थामा महिलाले लामखुट्टेबाट आफूलाई जोगाउनुपर्छ । यसका लागि महिलाले फुल बाहुलाको लुगा लगाउनुपर्छ । यसबाहेक राती सुत्दा झुलको प्रयोग गर्नुपर्छ । दिनको समयमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

पानी जम्न नदिने
डेंगु र लामखुट्टेबाट बच्न घर वरपर पानी जम्मा हुन दिनुहुँदैन । लामखुट्टेले पानी जम्मा भएको ठाउँमा प्रजनन गर्छ । घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ ।

नियमित स्वास्थ्य जाँच

गर्भावस्थामा बारम्बार ज्वरो आए, डेंगुको लक्षण देखिएमा तुरन्तै चिकित्सकको परामर्श लिनुपर्छ । गर्भावस्थामा डेंगु ज्वरोले आमा र नवजात शिशु दुवैलाई गम्भीर समस्या निम्त्याउन सक्छ ।

तर, उचित सावधानी अपनाएमा संक्रमणको जोखिम धेरै हदसम्म कम गराउन सकिन्छ । गर्भवती महिलाले लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । (डा. विभा बंसल वरिष्ठ स्त्री रोग विशेषज्ञ हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्