नाकबाट रगत बगेर अस्पताल भर्ना हुनुभएका हाँस्य कलाकार आचार्यको स्वास्थ्य सामान्य
नेपाल हेल्थ न्युज, काठमाडौँ । अस्वस्थ भएर अस्पताल भर्ना हुनुभएका लोकप्रिय हाँस्य कलाकार हरिवंश आचार्यले आफू सामान्य अबस्थामा रहेको बताउनुभएको छ । आइतबार नाकबाट रगत बगेपछि आचार्यलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।
सोमबार अस्पतालको बेडबाट फेसबुकमा एक स्टाटस लेख्दै आचार्यले उहाँको नाकभित्रको सानो नसा फुटेको र त्यसलाइ टाल्ने काम भईसकेको पनि जानकारी दिनुभएको छ ।
शनिबार हिमगिरी प्रालि उद्धोगको आतिथ्यमा हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र उहाँ बिराटनगर जानुभएको थियो ।