Logo
|
Saturday 7th September 2024
Logo

epaper

सौर्य एयरलाइन्सको विमान दुर्घटना:१८ जनाको शव फेला

विमान चालकको केएमसी अस्पतालमा उपचार हुँदै



नेपाल हेल्थ न्युज, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे पोखरा उड्ने क्रममा जहाज रनवेबाट दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि अहिले उद्धारकार्य जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा जाने क्रममा थियो ।

९ एन–एएमई जहाजमा १९ जना सवार थिए । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

जहाजमा रहेका यात्रुहरुको विवरण

प्रतिक्रिया दिनुहोस्