Logo
|
Friday 18th October 2024
Logo

epaper

अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डा. मनिषकुमार यादव मृत फेला



नेपाल हेल्थ न्युज, काठमाडौँ । मोरङमा एक डाक्टर मृत फेला परेका छन् । उर्लाबारी–५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर मनिषकुमार यादव कोठामा मृत भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

कोठामा अचेत अवस्थामा भेटिएको यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै र बिहिबार बिहान कोठामै मृत भेटिए प्रहरी निरीक्षक दासले बताउनुभयो ।

अहिले शव मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गल’दयगत राखिएको छ भने पोस्टमार्टमका लागि घोपा क्याम्प पठाउने तयारी भाइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्