Logo
|
Saturday 7th September 2024
Logo

epaper

उपचाररत पाइलट शाक्यको स्वास्थ्य सुधारोन्मुख, आइसियुबाट निकालियो



नेपाल हेल्थ न्युज, काठमाडौँ । दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको काठमाडौँ मेडिकल कलेज केएमसीले जनाएको छ ।

अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै उपचाररत शाक्यको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिनुभयो ।

क्याप्टेन शाक्यलाई बिहीबार साँझ आइसीयूबाट बाहिर निकालिएको अस्पतालकी निर्देशक प्रा.डा. थापाले जानकारी दिनुभयो ।

‘‘उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ्ग भाँच्चिएका छन् । स्वास्थ्य सुधारोन्मुख छ ” विज्ञप्तिमा भनिएको छ ।

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।

विमानमा सवार १८ जनाको मृत्यु भएको छ । शाक्यलाई उद्धार गरी केएमसीको सघन उपचार कक्षमा उपचार थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्