Logo
|
Thursday 9th January 2025
Logo

epaper

काठमाडौँ उपत्यकामा पोलियोविरुद्धको खोप अभियान साउन १५ गतेसम्म सञ्चालन



नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको खोप अभियान साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप विशेष अभियान पालिकाको माग भएपछि हिजोदेखि थप तीन दिनसम्म सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।

बालबालिकालाई मुखबाट खुवाइने ‘ओपिभी’ खोप खुवाउन थालिएको हो । टुकुचा खोला र बाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाण्डौ उपत्यकामा खोप अभियान सञ्चालन गरिएको थियो । अहिलेसम्म लक्ष्यभन्दा धेरै बालबालिकालाई खोप लगाइएको उहाँले बताउनुभयो ।

झण्डै दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाउने लक्ष्य लिए पनि दुई लाख ८४ हजार छ सय ३४ बालबालिकालाई खोप खुवाइएको शाखा प्रमुख डा. गौतमले जानकारी दिनुभयो । पोलियो खोप जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाइँदै छ । स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले घर–घर पुगेर पोलियो रोगविरुद्धको खोप खुवाउन थालेका हुन् ।

सन् २०१४ पोलियोमुक्त भएको नेपाल सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्