Logo
|
Thursday 9th January 2025
Logo

epaper

उच्च क्यालोरी जंक फूड खाँदा मस्तिष्कको कार्यमा कस्तो असर पर्छ ?



नेपाल हेल्थ न्युज, काठमाडौँ । खानपानले हाम्रो शरीरमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । हामीले जुन प्रकारको खाना खान्छौँ त्यसमा पाइने पोषक तत्वले शरीरलाई पोषण प्रदान गर्दछ । यदि तपाईंको आहारमा पोषक तत्वको कमी भएमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखिन सक्छन् ।

आजकल मानिसहरु काममा यति व्यस्त हुन्छन् कि खाना खाने फुर्सद समेत हुँदैन । यस्तो अवस्थामा बर्गर, पिज्जा, फ्रेन्च फ्राइज, कोल्ड ड्रिंक्स जस्ता उच्च क्यालोरी भएका जंक फूड सेवन गरेर भोक मेटाउछन् ।

मस्तिष्क कार्यमा उच्च क्यालोरी जंक फूडको प्रभाव

१. मस्तिष्कको संरचनामा प्रभाव
उच्च क्यालोरी जंक फूडको सेवनले मस्तिष्कको संरचनामा नकारात्मक असर पार्दछ । जंक फूडमा पाइने उच्च बोसो र चिनीले मस्तिष्कको हिप्पोक्याम्पस क्षेत्रमा असर गर्छ । हिप्पोक्याम्पस मस्तिष्कको एक भाग हो, जुन स्मरण र सिकाइका लागि महत्त्वपूर्ण मानिन्छ ।

अत्यधिक मात्रामा बोसो र चिनीको सेवनले हिप्पोक्याम्पसको न्यूरोन्सहरुलाई हानि पुर्याउँदछ । जसले मानिसको स्मरणशक्ति र सिक्ने क्षमतामा ह्रास आउँछ ।

२. न्यूरो–ट्रान्समिटर असन्तुलन
जंक फूडको सेवनले मस्तिष्कमा न्यूरो–ट्रान्समिटरमा असन्तुलन हुनसक्छ । न्यूरोट्रान्समिटर एक प्रकारको रसायन हो । यसले मस्तिष्कका विभिन्न भागमा सन्देश पठाउने काम गर्छ । यसले मस्तिष्कमा डोपामिन हर्मोनको मात्रा बढाउँछ । डोपामिन एक न्यूरोट्रान्समिटर हो जुन व्यक्तिको खुशी र सन्तुष्टिको भावनासँग जोडिएको छ ।

डोपामिन हर्मोनको असन्तुलनले मस्तिष्कमा चरम लतको भावना सिर्जना गर्न सक्छ । यसले मानिसलाई थप जंक फूड खाने इच्छा पैदा गर्दछ ।

३. मानसिक स्वास्थ्यमा प्रभाव
उच्च क्यालोरी जंक फूडको अत्याधिक सेवनले मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ । जंक फूडमा आवश्यक पोषक तत्वको कमी हुन्छ । यस्ता खानेकुराको अत्यधिक सेवनले डिप्रेसन, चिन्ता र अन्य मानसिक समस्या निम्त्याउन सक्छ । जंक फूडमा पाइने ट्रान्स फ्याट र चिनीले मस्तिष्कमा सूजन निम्त्याउन सक्छ ।

४) कॉग्नेटिव क्षमता प्रभावित
अत्याधिक जंक फूडको उपभोगले व्यक्तिको कॉग्नेटिव क्षमतामा (नयाँ कुरा सिक्ने) ह्रास आउँछ । कॉग्नेटिव क्षमता हाम्रो सोच्ने, बुझ्ने र निर्णय गर्ने क्षमतासँग सम्बन्धित छन् । उच्च क्यालोरी जंक फूडले को उपभोगले नयाँ कुरा सिक्ने क्षमतालाई कमजोर बनाउँछ ।

५) व्यवहारमा परिवर्तन
उच्च क्यालोरी जंक फूडको सेवनले पनि व्यवहारमा परिवर्तन ल्याउन सक्छ ।

जंक फूडको अत्याधिक सेवनले चिडचिडापन, अल्छी र अनमोटिवेटेड हुनसक्छ । त्यस्तै व्यक्तिलाई क्रोधित र आक्रामक बनाउन सक्छ । जंक फूडमा पाइने केमिकलले मस्तिष्कको भावना र व्यवहारलाई नियन्त्रण गर्ने भागहरूमा असर पुर्याउँछ ।

यस्तो अवस्थामा व्यक्तिले उच्च क्यालोरीयुक्त आहारको सट्टा सन्तुलित आहार रोज्नुपर्छ । साथै, आहारमा सम्पूर्ण अन्न, तरकारी, सलाद र फलफूल समावेश गर्नुपर्छ । एजेन्सीबाट
(शिवाली गुप्ता आहार विशेषज्ञ हुन्)

प्रतिक्रिया दिनुहोस्