Logo
|
Tuesday 7th January 2025
Logo

epaper

गोरखामा डेंगु संक्रमितको संख्या ७३ पुग्यो



नेपाल हेल्थ न्युज, गोरखा । गोरखामा आजसम्म ७३ जनामा डेंगुको संक्रमण देखिएको छ । सबैभन्दा बढी गोरखा नगरपालिकामा ४२ जना डेंगु संक्रमित भेटिएका हुन् ।

पालुङटार नगरपालिकामा १८ र आरुघाट गाउँपालिकामा १०, अजिरकोट, गण्डकी र वारपाक सुलिकोटको १र१ जनामा डेंगुको संक्रमण देखिएको छ ।

डेंगुको सङ्क्रमण देखिएपछि डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई स्थानीय स्तर सम्म पुर्‍याउने प्रकोपजन्य अवस्थामा बहुपक्षीय निकायहरू बिच समन्वयात्मक बैठकले निर्णय गरेको छ ।

सरकारी प्रयोगशालामा निःशुल्क परीक्षणको व्यवस्था मिलाउन स्थानीय सरकारलाई अनुरोध गर्ने र प्राइभेट प्रयोगशालाहरूमा बढीमा ६०० को दरले परिक्षण शुल्क लिने व्यवस्था कार्यान्वयन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

महामारी फैलिई जनधनको क्षति हुन जाने अवस्थालाई मध्यनजर गरी स्वास्थ्य कार्यालय गोरखाले स्थानीय सरकारहरूसँग समन्वय गरी र्यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राख्ने, स्थानीय सरकारहरूले महामारी तथा प्रकोप जन्य अवस्थामा आवश्यक पर्ने औषधी तथा औषधीजन्य सामग्रीहरु खरिद गरी अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामा राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्