Logo
|
Thursday 19th September 2024
Logo

epaper

स्वास्थ्य क्षेत्र सुधारः स्वास्थ्य मन्त्रीले ल्याए कार्ययोजना [पूर्णपाठ]



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री प्रदिप पौडेलले कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्नुभएको छ ।

गत असार ३१ गते पद बहाली गर्नुभएका मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारका विस्तृत कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।

पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउने, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र नि:शुल्क उपचारका सबै कार्यक्रमलाई एकीकृत गरेर बीमामा जोड्ने जस्ता कार्ययोजना अघि सार्नुभएको छ ।

त्यस्तै सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने , ४० वर्षमाथिका सबै नागरिकको रोग पत्ता लगाउन स्क्रिनिङ गर्ने, वैकल्पिक चिकित्सा तथा आयुर्वेदलाई प्राथमिकता दिने, राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका कार्ययोजनाहरु समेटिएका छन्।

हेरौँ कार्ययोजनाका पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्