Logo
|
Saturday 28th September 2024
Logo

epaper

फ्यानक्यानका पदाधिकारीहरुको राजिनामा दिने क्रम तीब्र, आर्थिक हिनामिनाको आरोप, मधेद प्रदेशका ३ जनाले दिए राजिनामा



नेपाल हेल्थ न्युज, बीरगञ्ज । नेपाल खाद्य, न्युट्रास्युटिकल तथा कस्मास्युटिकल संघ (फ्यानक्यान ) को मधेश प्रदेशका ३ जना पदाधिकारीहरुले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

आफ्नो मनमानी तथा संस्थाको पैसालाई दुरूपयोग गरी संस्थाका सबै सदस्यहरुको पैसा र भावनाको कदर नगरी अगाडी बढेको भन्दै फ्यानक्यानका मधेश प्रदेशका सहसचिव आशिष श्रीवास्तव, सहकोषाध्यक्ष भूपेन्द्र विक्रम शाह र समिति सदस्य रामबाबु यादवले राजिनामा दिनुभएको हो ।

गत असार १ गते बीरगञ्जमा सम्पन्न अधिवेशनले शिवजी यादवको अध्यक्षमा फ्यानक्यान मधेश प्रदेशको नयाँ कार्य समिति चयन गरेको थियो । उहाँहरुको राजिनामा स्वीकृत भइसकेको छ । फ्यानक्यानका केन्द्रीय पदाधिकारीहरुमा मनमुटाव बढ्दो छ ।

राजीनामा पत्र
नमस्कार
हाम्रो गौरवशाली संस्था फ्याँक्न मा हामी समावेश हुँदा आफूलाई भाग्यशाली मानेका थियौं र संस्था लाई अगाडी बढाउन को लागि कार्य पनि गरियो तर यस संस्था का प्रदेश २ समिति का केही पदधीकारीले (Vital Post)  संस्था मा आफ्नो मनमानी तथा संस्था को पैसा लाई दुरूपयोग गरी संस्था का सबै सदस्य हरु को पैसा र भावना को कदर नगरी अगाडी बढ्दै छन र दुई चार सदस्य को मीलो मतो पनि छ र केही सदस्य न्युट्रल छन् जुन कि नाता निभाउन आएका छन् जुन कि हामी केही समितिका सदस्य executive Body लाई स्वीकार्य छैन र आउने दिनमा हुने पनि छैन किन भने हामी संस्थामा नाता निभाउन हैन कि संस्थालाई अगाडी बढाउन आएको हो र सही कुरा भन्दा सही लाई गलतमा परिणत गर्ने को लागि पनि पछि परिरहेका छन र यस्तो समितिमा बसेर यस्तो क्रियाकलाप हेर्न सकिंदैन । त्यसैले हामी यस समितिको पदबाट आजैदेखि राजीनामा दिँदै छौ । धन्यवाद ।
आशिष श्रीवास्तव (सचिव)
भूपेन्द्र विक्रम शाह (सह कोषाध्यक्ष)
राम बाबु यादव (समिति सदस्य)

प्रतिक्रिया दिनुहोस्