Logo
|
Friday 27th December 2024
Logo

epaper

गुणस्तर पुष्टि नभएपछि काठमाडौँ महानगरले तिरायो श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना



नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

महानरपालिकाका निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार, प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारवाही गरिएको हो ।

कपालमा लगाउने श्रीकेश तेलको गुणस्तरका विषयमा उजुरी परे पछि महानगरपालिकाले असार ७ गते विवरण माग गरेको थियो ।

तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि फर्मुलेसन, रेसिपि मेथड, उल्लेख गरिएको कागजात उपलब्ध गराउन सकेन ।

कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख समेत नभएकोले महानगरपालिकाका प्राविधिकहरुले गुड म्यानुफ्याक्चरिङ् प्राक्टिस (जिएमपी) नभएको प्रतिवेदनमा उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्