Logo
|
Friday 27th December 2024
Logo

epaper

राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले गरे पार्टी कार्यकर्ता यादवको उपचारका लागि ५० हजार सहयोग



नेपाल हेल्थ न्युज, बाँके। राष्टिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणाले पार्टीका युवा कार्यकर्ता मोहन प्रसाद यादवको उपचारकालागि आर्थिक सहयोग स्वरुप आइतबार ५० हजार नगद प्रदान गर्नुभएको छ ।

बाँके जिल्लाका सांसद समेत रहेका डा. राणाले न्युरो अस्पताल नेपालगन्जमा उपचार गराई रहेका राप्रपा डुडुवा गाउँपालिका,युवा संगठन अध्यक्ष यादवलाई अस्पताल पुगि स्वास्थ्य उपचारकोलागि ५० हजार सहयोग गर्नुभएको हो ।

उहाँले अस्पतालको व्यवस्थापकीय टीमलाई भेट गरि उपचारकोलागि विशेष छुटको व्यवस्था मिलाउन समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्