Logo
|
Saturday 28th September 2024
Logo

epaper

जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत डा. शैल रुपाखेतीद्धरा संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना पेश

नेपालको राष्ट्रिय हित, स्वाधिनता र मर्यादालाई केन्द्रविन्दुमा राखेर आफ्नो जिम्मेवारी बहन गर्ने प्रण



नेपाल हेल्थ न्युज, काठमाडौं । जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत डा. शैल रुपाखेतीले संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना पेश गर्नुभएको छ । उहाँले नेपालको राष्ट्रिय हित, स्वाधिनता र मर्यादालाई केन्द्रविन्दुमा राखेर आफ्नो जिम्मेवारी बहन गर्ने प्रण गर्नुभएको छ ।

डा. रुपाखेतीले समितिमा नेपाल र जर्मनीबीचको सम्बन्ध विस्तार, आर्थिक कुटनीति, निर्यात प्रवद्र्धन, लगानी प्रवद्र्धन, नेपालमा प्रविधि हस्तान्तरण, वैदेशिक सहायता, वैदेशिक रोजगारी, सार्वजनिक कूटनीति, जनस्तरको सम्बन्ध, नेपाली डायस्पोरा, समन्वय र सहकार्यबारे विस्तृत जानकारी गराउनुभएको छ ।


उहाँले नेपालको संविधान, प्रचलित कानुन र नेपाल सरकारका नीति निर्देशनहरु, सार्वभौम संसदको मार्गदर्शनलाई समेत विशेष ध्यानमा राखी नेपाल र जर्मनीबीच विद्यमान द्धिपक्षीय सुमधुर सम्बन्ध स्थापित गराउनेसमेत उल्लेख गर्नुभएको छ । डा. रुपाखेतीले समानता एवं सम्मान र पारष्परिक लाभका आधारमा विन्दु बनाइ नेपाल जर्मन एवं पोल्याण्ड हंगेरी, होलि सी, चेक रिपव्लिक, स्लोभाकिया, सर्बिया, रोमानिया, बल्गेरिया, युक्रेनसँग सम्बन्ध विस्तार र सदृढिकरण गर्दै कुटनीति सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी, सम्झौता, प्रचलन र अभ्यासलाई पनि विशेष ख्याल गर्ने बताउनुुभएको छ ।

1
2
3
4
5
6
7
8
9
10
11

प्रतिक्रिया दिनुहोस्