Logo
|
Thursday 19th September 2024
Logo

epaper

वीर अस्पतालमा शल्यक्रिया सहितको जलन उपचार केन्द्र सञ्चालनमा



नेपाल हेल्थ न्युज, काठमाडौँ । वीर अस्पतालमा जलन उपचार केन्द्र सञ्चालनमा आएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका बिरामीको उपचार हुने डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्नुभएको हो ।

जलनका विरामीका लागि अस्पतालमा छुट्टै अप्रेशन थिएटर, आइसियु र जनरल बेडको व्यवस्था गरिएको छ। जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका विरामीलाई अन्यन्त्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

जलन उपचार केन्द्रमा दुइटा शल्यक्रिया कक्षसहित पाँच आइसियू बेड र १० वटा वार्ड बेड छन् ।

हाल नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिन्छ । अब वीरमा पनि जलनका गम्भीर किसिमका बिरामीको उपचार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्