Logo
|
Wednesday 23rd October 2024
Logo

epaper

न्यूरो उपचारको सम्भाव्यता अध्ययन गर्न समिति गठन, संयोजकमा डा. गोपाल सेढाइं



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले देशमा न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको छ ।

मंगलबार मन्त्री प्रदिप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै सम्भाव्यता अध्ययन समिति गठन गर्नुभएको हो । गठित समितिको संयोजकमा चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका सहप्राध्यापक डा. गोपाल सेढाइं हुनुहुन्छ ।

यसैगरी, वीर अस्पतालका डा. विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डा. राजिव ओझा, नेप्लिज एसोसिएसन्स अफ न्युरोलोजिष्टका प्रतिनिधि सदस्य रहनुहुनेछ ।

समितिमा अमेरिकाको जाकोल्स स्कूल अफ मेडिसिन एण्ड बायोमेडिकल साईन्सका सहप्राध्यापक डा.अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डा. पुष्पराज पौडेल सदस्य सचिव तोकिनुभएहो छ ।

समितिले देशमा राष्ट्रिय न्यूरो सर्जरी केन्द्रको स्थापनाका लागि आवश्यक सुझाव लिएर उपयुक्त जग्गा खोजी सम्भाव्य स्थानको पहिचान गर्नेछ । समितिलाई अध्ययन तथा विज्ञसँग गहन छलफलपश्चात स्वीकृतिका लागि मन्त्रालयसमक्ष सुझाव पेश गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्