Logo
|
Friday 25th October 2024
Logo

epaper

मुटुरोग लाग्ने ९ वटा प्रमुख कारण



हिजो–आज उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन् । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वाकांक्ष, भोजभतेर, कम्प्युटर र टेलिभिजन, अत्यधिक मानसिक तनाव अनि पैसा कमाउने दौड, यिनै हुन् संक्षिप्तमा मुटुरोग बढ्नाका प्रमुख कारणहरु ।

सम्पूर्ण मुटुका रोगहरुको ७५ प्रतिशत र हृदयघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ । त्यसैले मुटुरोग नियन्त्रणका लागि जीवनशैली व्यवस्थित गर्नेतर्फ लाग्न जरुरी छ । सुत्ने, उठ्ने, खाने, पिउने, बानी व्यवहार, सोचाइ, दिनचर्या आदि सबै जीवनशैलीभित्र पर्छन् ।

मानिसको आहार, विहार र विचारको स्वरुप नै जीवनशैली व्यवस्थापन हो । विश्वव्यापी भएको अध्ययन अनुसार मुटुरोग लाग्ने ९ वटा प्रमुख कारणहरुमा धुम्रपान, मोटोपना (विशेष गरी पेट ठूलो हुने), मधुमेह, उच्च रक्त कोलेस्टेरोल, उच्च रक्तचाप, व्यायामको कमी, फलफूल र हरियो सागपात कम खानु, मानसिक तनाव र वंशाणुगत हुन् ।

प्रतिक्रिया दिनुहोस्