Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

नेपाल मेडिकल काउन्सिल: विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा ७० प्रतिशत उत्तीर्ण



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा ७०.५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।

काउन्सिल रजिस्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षाका लागि २५० जनाले फारम भएका मध्ये २४८ जना मात्रै सहभागी भएका थिए । त्यसमध्ये १७५ जना उत्तीर्ण भएका छन् । ७२ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा विथहोल्डमा राखिएको छ ।

चिकित्सा शिक्षातर्फको विभिन्न २८ विषयमा स्नातकोत्तर गरेका चिकित्सक सहभागी थिए । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा बिहान ११ बजेदेखि १ बजेसम्म भएको परीक्षा चलेको थियो । काउन्सिलले वार्षिक रुपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्