Logo
|
Sunday 22nd December 2024
Logo

epaper

झ्यालमा बाँधिएको अवस्थामा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका कर्मचारीको शव फेला



नेपाल हेल्थ न्युज, काठमाडौँ । गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन्। आइतबार बिहान सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा शव फेला परेको हो ।

मृत फेला पर्नेमा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४० वर्षीय सुधीर कुमार झा रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृतक झाका दुवै खुट्टाले भुईँ टेकेको देखिन्छ । उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्