ट्रमा सेन्टरको प्रमुख मेसुमा डा. बद्री रिजाल, डा. मरासिनीलाई विशेषज्ञ चिकित्सकको जिम्मेवारी
दयाकृष्ण पन्तले पाए व्यवस्थापन महाशाखाको जिम्मेवारी
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. बद्री रिजालले दिएको छ ।
यसअघि डा. रुद्र मरासिनीले सम्हालिरहनुभएको उक्त जिम्मेवारी डा. रिजालाई दिइएको हो । डा. मरासिनीलाई भने सेन्टरको विशेषज्ञ चिकित्सकको जिम्मेवारी दिइएको छ ।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ। त्यसैगरी व्यवस्थापन महाशाखाको जिम्मेवारी दयाकृष्ण पन्तलाई दिइएको छ ।
यसअघि व्यवस्थापन महाशाखामा कार्यरत सुरेन्द्र चौरासियालाई उपचारात्मक महाशाखा पठाइएको छ ।