Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

फत्तेबाल आँखा अस्पताल: १५६ जनाको आँखाको नानी प्रत्यारोपण

आँखाको प्रकृति अनुसार २२ हजारदेखि ३३ हजार रुपैयाँसम्म शुल्क



नेपाल हेल्थ न्युज, नेपालगन्ज । नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखामा नानी प्रत्यारोपण गरिएको छ । 

गत जुलाईबाट मात्र कर्निया सर्जरी सुरु भएको यस अस्पतालमा मङ्सिर मसान्तसम्म १५६ जनालाई नानी प्रत्यारोपण सेवा प्रदान गरिएको अस्पतालका कर्निया विशेषज्ञ (आँखाको नानी रोग विशेषज्ञ) डा.राजशी श्रेष्ठले जानकारी दिनुभयो । 

डा.श्रेष्ठका अनुसार आँखाको प्रकृति अनुसार २२ हजारदेखि ३३ हजार रुपैयाँसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको छ । उहाँले १० देखि ८० वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको समेत जानकारी दिनुभयो । प्रत्यारोपण भने जुनसुकै उमेर समूहका व्यक्तिमा गर्न सकिने उहाँले बताउनुभयो । 

काठमाडौँस्थित तिलगंगा आँखा प्रतिष्ठानमा मात्र आई बैङ्क सञ्चालनमा रहेका कारण तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण सेवा प्रदान भइरहेको छ । यसअघि नेपालगन्जमा कर्नियाको सर्जरी सेवा थिएन । फत्तेबाल आँखा अस्पतालमा डा.राजशीले यो सेवाको सुरुवात गर्नुभएको हो ।

print sharing button

प्रतिक्रिया दिनुहोस्