कोसी अस्पतालको मेसुमा डा. चन्द्रभाल झा नियुक्त
जनस्वास्थ्य सरोकार, काठमाडौ । मोरङस्थित कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आइतबार डा. झालाई अस्पतालको मेसुमा नियुक्त गर्नुभएको हो ।