Logo
|
Saturday 27th April 2024
Logo

epaper

नेपाली र भारतीयलाई एउटै शुल्कमा उपचार गर्ने अपोलो अस्पतालको घोषणा



स्वास्थ्य पर्यटन क्षेत्रमा ख्याती प्राप्त भारतको अपोलो अस्पतालले नेपालीलाई पनि भारतीय बिरामीबाट लिने शुल्कै मै गुस्तरीय उपचार गर्ने घोषणा गरेको छ । अस्पतालका चिफ अप्रेटिङ अफिसर गगन सेहगलका अनुसार नेपाल र भारतबीच गहिरो सम्बन्ध रहिआएकाले नेपालीलाई पनि उपचार शुल्कमा एकरुपता ल्याइएको हो ।

सेहगल लगायत अस्पतालका विभिन्न विशेषज्ञ चिकित्सक नेपाल मै आएर नेपाली बिरामीलाई पनि सस्तो र स्तरीय उपचार दिने प्रक्रियालाई निरन्तरता दिन चाहेको बताए ।

‘नेपाल र भारतबीच सदियौं देखि सामाजिक, सांस्कृतिक, आर्थिक लगायत हिसाबमा गहिरो सम्बन्ध छ । नेपाली हाम्रा दाजुभाइ दिदीबहिनी हुनुहुन्छ । हामी सबैभन्दा नजिक पनि छौं । खुल्ला सीमानाले अझ नजिक हुन सयोग गरेको छ । त्यसैले हामीले दिने सेवा शुल्क भारतीय र नेपालीको एउटै दिइने छ’, राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने,‘रोग लागेर उपचारको अभावमा कुनै नेपालीले पनि ज्यान गुमाउन नपरोस भन्ने चाहना छ ।’

सेहगलका अनुसार नेपाली बिरामीलाई रजिस्ट्रेसन शुल्क पनि मिनाह गरिएको छ । नेपाली बिरामीको सहजताको लागि काठमाडौंको नक्सालमा रहेको अपोलोको सुचना सेन्टरलाई विकास गर्ने योजना रहेको समेत चिकित्सकलेब बताएका छन् ।

अपोलो अस्पताल ग्रुपलेले सन् १९९६ सञ्चालनमा ल्याएको यो अस्पताल भारतको तेस्रो विषय विशेषज्ञको सेवा प्रदान गर्ने अत्याधुनिक सुविधासम्पन्न अस्पताल हो ।
अपोलो अस्पतालमा एसियन, अफ्रिकनलगायत मुलुकबाट उपचारका लागि बिरामी आउने गरेका छन् ।-अन्नपूर्ण पोष्ट बाट

प्रतिक्रिया दिनुहोस्