Logo
|
Tuesday 7th May 2024
Logo

epaper

नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकास सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर



नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकास सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच सो सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरेका हुन् ।

उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको गत असोजमा भएको चीन भ्रमणमा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्