Logo
|
Monday 6th May 2024
Logo

epaper

दमका बिरामी लक्षित साभा हेल्थ केयरको नयाँ ड्राई पाउडर इनहेलर नेपाली बजारमा



नेपाल हेल्थ न्युज, काठमाडौं । साभा हेल्थ केयर लिमिटेड (एचएचएल) ले दमका बिरामीहरुलाई लक्षित गरी नयाँ ड्राई पाउडर इनहेलर (डीपीआई) नेपालमा भित्र्याएको छ ।

नजल स्प्रे र ड्राइ पाउडर इनहेलर सेगमेन्टमा भारतको अग्रणी फर्मास्युटिकल कम्पनीको रुपमा परिचित साभा हेल्थ केयरका उत्पादन साभाकोर्ट (फर्मोटेरोल फुमारेट एन्ड बुडेसोनाइड पाउडर फर इन्ह्यालेसन आईपी (२००/४०० एमसिजी) नेपालमा भित्र्याइएको हो ।


साभा हेल्थ केयर लिमिटेडले श्वासप्रश्वाससम्बन्धि रोगहरुको उपचारका लागि आफ्नो नवीनतम ड्राइ पाउडर इनहेलर (डीपीआई) उत्पादन विदेशी बजारमा प्रवेश गरेको कम्पनिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिरुद्ध राजुरकरले जानकारी दिनुभयो ।

ह्युमन काइन्ड हेल्थकेयर प्रा.लि. को समन्वयमा ड्राई पाउडर इनहेलर (डीपीआई) नेपालमा बजारीकरण भइरहेको छ । दमका बिमारीको उपचारमा अत्यावश्यक औषधि साभाकोर्ट डीपीआई निकै प्रभावकारी रहेको र विश्वका ४० भन्दा बढी देशले यो कम्पनिका उत्पादन रुचाएको साभा हेल्थकेयर लिमिटेड नेपालका कन्ट्री प्रमुख केदार दवाडीले बताउनुभयो ।

ड्राई पाउडर इनहेलर श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारमा महत्वपूर्ण विकल्प मानिन्छ ।

कम्पनिले हालै राजधानीमा लञ्चिङ कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा देशका १ सय भन्दा बढी पल्मोनोलोजिष्ट, छातिरोग विशेषज्ञहरुको सहभागिता रहेको थियो ।

अमेरिकी स्वास्थ्य एवं मानव सेवा विभागका अनुसार, विश्वमा अहिले ५४ करोड ५ लाख मानिस श्वासप्रश्वाससम्बन्धि समस्याबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्