Logo
|
Saturday 27th April 2024
Logo

epaper

वीरगन्जमा स्क्रब टाईफसका २० र डेंगुका २५ जना विरामी भेटिए



 वीरगन्जमा रहेको एक डाईग्नोष्टिक सेन्टरमा दुई महिनामा रग परिक्षण गराएका मध्ये २० जनामा स्क्रब टाईफस र २५ जनामा डेंगु रोगको संक्रमण भेटिएको छ। वीरगन्जको आदर्शनगरमा रहेको मंगलम डाइग्नोष्टिक सेन्टरले दिएको तथ्याङक अनुसार भदौ र असोज गरी दुई महिनाको अवधीमा स्क्रब टाईफसका २० र डेंगुका २५ जना विरामी भेटिएका हुन्।

डाईग्नोष्टिक सेन्टरका अनुसार स्क्रब टाईफस रोग वीरगन्जमा यसवर्ष पहिलो पटक पत्ता लगाईएको हो। भदौंमा एकजना बच्चालाई डाक्टरले लामो समय देखि औषधी चलाउँदा पनि ज्वरो ठिक नभएपछि स्क्रब टाईफस जाँच गर्दा पोजेटिभ देखिएपछि स्क्रब टाइफसका बिरामी धमाधम विरामी पत्ता लाग्न थालेको सेन्टरका सन्चालक डाक्टर एएन ठाकुरले जानकारी दिए।

उक्त डाइग्नोस्टिक सेन्टरमा रगत परिक्षण गराएका मध्ये २५ जनामा डेंगुको संक्रमण भेटिएको ठाकुरले बताए। वीरगन्जमा अघिल्लो वर्षहरुमा पनि डेंगुका बरिामीहरु भेटिएका थिए।

पोहोर साल १२ जनामा डेंगुको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजकिशोर पडितले बताए।

चिकित्सकहरुका अनुसार बेलैमा उपचार गरे स्क्रब टाईफस रोगबाट सजिलै छुटकारा पाइन्छ भने रोगको समयमै उपचार हुन नसके मानिसको ज्यान समेत जान सक्छ।अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्