Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्यमा काम गर्न यूएनएफसीसीसी र डब्लूएचओवीच सम्झौता



जलवायु परिवर्तनका कारण सिर्जित स्वास्थ्य समस्या समाधानसम्वन्धी कार्यक्रम सञ्चालनका लागि जलवायु परिवर्तनसम्वन्धि राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सहकार्य गर्ने भएका छन् ।

यहाँ जारी यूएनएफसीसीसीको २३ औं सम्मेलन ९कोप २३० मा जलवायु परिवर्तनका कारण बढेको तापक्रम वृद्धिका कारण सिर्जित मानवीय स्वास्थ्यमा काम गर्न दुई निकायले आइतबार सम्झौता गरेका हुन् । बढ्दो तापक्रमका कारण पछिल्ला वर्षहरुमा स्वास्थ्यसम्वन्धि महामारी फैलिंदा विकासोन्मुख मुलुककका लाखौं मानिस चपेटामा पर्ने गरेका छन् ।

स्वास्थ्यसम्वन्धी समस्या समाधानका लागि आवश्यक प्राविधिक र पूर्वाधारको तयारीका लागि तत्पर हुने सम्झौतामा उल्लेख छ । विशेषतस् मानवीय स्वास्थ्यलाई ख्यालमा राखेर नया कार्यक्रमहरु तयार गरिनेछ, सम्झौतामा उल्लेख छ । नेपाललगायत अति कम विकसित मुलुकहरुमा पनि बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा नयाँ किसिमका रोगको प्रकोप बढेको विभिन्न अध्ययनहरुले देखाएको छ ।

दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्य पनि महत्वपूर्ण खम्बा भएको स्मरण गर्दै यूएनएफसीसीसी र डब्लूएचओका विशेषज्ञहरुले समस्या झेलिरहेका मुलुकहरुमा आवश्यक सहयोग आदानप्रदान गर्न तत्कालै लागि पर्ने बाचा गरेका छन् । यसअघिका सम्मेलनमा स्वास्थ्यसम्वन्धी समस्या पहिचान भए पनि तीनलाई लक्षित कार्यक्रम तय हुन सकेको थिएन । सम्झौतापछि जलवायु परिवर्तनसम्वन्धि राष्टसंघीय महासन्धिकी कार्यकारी सचिव प्याट्रिसिया इस्पिनोसाले स्वस्थ विश्व र स्वस्थ नागरिकको भविष्यको परिकल्पनालाई यो कार्यक्रमले सार्थकता दिने विश्वास व्यक्त गरेकी छन् ।

धेरै मानिसहरुले जलवायु परिवर्तनका कारण सिर्जित वातवारणीय र वायु प्रदूषणका साथै स्वच्छ खानेपानीको प्रयोग गर्न पाएका छैनन्, उनले भनेकी छन्, ुखाद्य समस्या र स्वच्छ पिउने पानीको उपलव्धता अहिलेको आवश्यकता हो ।ु उनलका अनुसार सन् २०३० देखि सन् २०५० सम्म जलवायु परिवर्तनजन्य समस्या कारण प्रतिवर्ष करिब दुई लाख ५० हजार मानिसले ज्यान गुमाउनुपर्ने अवस्था आउने अनुमान गरिएको छ ।

दुई पक्षीय सम्झौतामा जलवायु परिवर्तनबाट सिर्जित समस्यासंग जुध्न क्षमता अभिवृद्धिका साथै स्वास्थ्यजन्य जोखिम न्युनीकरणमा अघि बढ्ने उल्लेख छ । त्यसका लागि राष्ट्रियस्तरमा स्वास्थ्यलाई प्राथमिकता दिएर जलवायु अनुकुलन कार्यक्रम तर्जुमा गरिनेसमेत उल्लेख छ । यस्तै, यूएनएफसीसीसी र डब्लूएचओबीच साना टापु मुलुकले झेलिरहेका स्वास्थ्यसम्वन्धी समस्या समाधानमा पनि काम गर्ने गरी सम्झौता भएको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्