Logo
|
Friday 26th April 2024
Logo

epaper

दुर्गममा सहज बन्दै स्वास्थ्य सेवा



केही समयअघिसम्म सिगास गाउँपालिका २ स्थित गाँजरी स्वास्थ्यचौकी गाविस भवनको एउटा कोठामा सञ्चालित थियो। सेवाग्राही आए भने चौरमै उपचार गर्नुपथ्र्यो। गर्भवती महिलाको जाँच गर्न पनि निकै सकस हुन्थ्यो।

तर अहिले त्यो समस्या हटेको छ। स्वास्थ्य चौकीसँग आफ्नै भवन छ। प्रत्येक फाँटको अलग अलग व्यवस्थापन गरिएको छ। स्टाफ बस्नका लागि समेत छुट्टै क्वार्टरको व्यवस्था गरिएको छ।

‘स्वास्थ्यको पुरानो भवन चुहिएर औषधि जोगाउनसमेत मुस्किल पथ्र्यो तर नयाँ भवन बनेपछि सेवा प्रदान गर्न सजिलो भएको छु, रिम स्वास्थ्य चौकीका अहेव महानन्द जोशीले भने, ‘नयाँ भवनमा सबै किसिमका सुविधा भएकाले सेवा लिने र दिने दुवै पक्षलाई सहज भएको छ।ु

स्वास्थ्यचौकीको नयाँ भवन बनेपछि गर्भवती महिलालाई स्वास्थ्य परीक्षण गराउन सजिलो भएको सिगास गाउँपालिका २ की कलावती धामीले बताइन्। उनले भनिन्, ‘अहिले महिलाका लागि अलग्गै कोठाको व्यवस्था छ। पहिला हामीले चाहेर पनि स्वास्थ्य सेवा लिन सकिरहेका थिएनौं। नयाँ भवनबाट स्वास्थ्य सेवा दिन सुरु गरेपछि निकै सजिलो भएको छ।ु पुरानो भवनमा बर्थिङ सेन्टर सञ्चालन गर्न निकै समस्या रहेको इन्चार्ज जनकसिंह धामीले बताए। ‘वर्षातको समयमा कोठाभित्रै पानी पस्ने भएकाले बिरामी स्वास्थ्य चौकीमा छिर्नै हिच्किचाउँथेु, उनले भने।

जिल्लाका ६८ स्वास्थ्यसंस्थामध्ये ३२ वटाको नयाँ भवन बनिरहेका छन्। तीमध्ये पाँचवटा भवन नयाँ निर्माण भएर सेवासमेत सुचारु भइसकेको छ।

सलेना स्वास्थ्य चौकीका पूर्वइन्चार्ज नारायण चन्दले पनि नयाँ स्वास्थ्यचौकी भवन बनेपछि उपचारका लागि आउने महिलाको संख्या बढेको बताए। ‘साविकको गाविस भवनको एककोठामा स्वास्थ्यचौकी सञ्चालन गर्दा गर्भवती महिला जाँच गराउन आउँदैनथे। भवन अभावमा उनीहरुको स्वास्थ्य परीक्षण गर्न पनि निकै असहज हुन्थ्यो। नयाँ भवन बनेपछि महिलाको चाप बढेको छ।ु

सलेना स्वास्थ्यचौकीकी अनमी कमला सिंहले चौबिसै घन्टा सुरक्षित प्रसुती सेवा सुरु भएको जानकारी दिइन्। ‘अहिले अफिसकै क्वाटरमा बस्छौं। बिरामीलाई जतिबेलै सेवा दिन सजिलो भएको छु, उनले भनिन्।

जिल्ला स्वास्थ्य कार्यालयले अहिले दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाको आफ्नै भवन बनाउने अभियान नै चलाएको छ। स्वास्थ्य सेवा विभागको मापदण्डअनुसार पाँचवटा स्वास्थ्यचौकीका नयाँ भवन निर्माण भई सेवासमेत सुचारु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा।गुणराज अवस्थीले बताए। ‘कुलाउ, सलेना, रिम, तल्लादेही र गाँजरी स्वास्थ्यचौकीका नयाँ भवन निर्माण भई सञ्चालनमा आइसकेका छन्ु, उनले भने, ‘१८ वटा स्वास्थ्यचौकीका भवन निर्माणाधीन छन्।

चालु आर्थिक वर्षमा पनि १५ वटा स्वास्थ्यसंस्थाका नयाँ भवन निर्माण कार्य सुरु हुने डा। अवस्थीले बताए। जिल्लाका ६८ स्वास्थ्यसंस्थामध्ये ३२ वटाको नयाँ भवन बनिरहेका छन्। तीमध्ये पाँचवटा भवन नयाँ निर्माण भएर सेवासमेत सुचारु भइसकेको छ।

स्वास्थ्यका नयाँ भवन बन्दै जाँदा सेवाग्राहीको संख्या बढ्नुका साथै सुरक्षित मातृत्व सेवा प्रभावकारी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीकी पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन्। उनले भनिन्, ‘विभिन्न समस्याले गर्भवती महिला स्वास्थ्य संस्थामा आउन सकिरहेका थिएनन्। नयाँ भवन बनेपछि गोप्यताको ग्यारेन्टी पनि भयो। हामीले जिल्लामा सुरु गरेको पूर्ण संस्थागत सुत्केरी अभियानलाई पनि सहयोग पुगेको छ।

जिल्ला अस्पताल बैतडीमा समेत ५० शड्ढयाको नयाँ भवन निर्माण जारी रहेको डा। अवस्थीले बताए। ‘पचास शड्ढयाको अस्पताल हुनेबित्तिकै जिल्ला अस्पतालबाटै विशेषज्ञ सेवा प्रदान हुन्छ। स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने विभिन्न फ्याक्टरमध्ये भौतिक संरचना पनि एक हो। भवन राम्रो भयो भने स्वास्थ्य सेवा पनि प्रभावकारी बनाउन सकिन्छ। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्