Logo
|
Friday 26th April 2024
Logo

epaper

प्रा डा केसीलाई सुविधानजनकरुपमा राख्न सर्वोच्चको आदेश



सर्वोच्च अदातलले वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई निजको स्वास्थ्य स्थितिलाई विचार गरी अनुकूल हुने गरी सुविधाजनकरुपमा राख्न आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको संयुक्त इजलासले आज प्राडा केसीको स्वास्थ्यलाई ध्यानमा राखी सुविधाजनकरुपमा राखेर बुधबार बिहान १० बजे अदालतमा उपस्थिति गराउन आदेश दिएको हो ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा बयानका लागि सर्वोच्च अदालतमा उपस्थित हुनुभएका प्राडा केसीको बयान लिने काम सम्पन्न भएको छ । बयानका क्रममा प्राडा केसीले सर्वोच्च अदालतले चिकित्सा क्षेत्रमा दिएको आदेशले माफियालाई थप सहयोग पुगको बताउनुभएको छ ।

सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सोधेको १४ प्रश्नको जवाफमा प्राडा केसीले अदालतले दिएको फैसलाले सुधार भन्दा पनि विकृति ल्याउने देखेर अनसन सुरु गरेको बताउनुभयो ।

आफ्नो लडाइँ गलत निर्णय दिने न्यायाधीशविरुद्ध भएको तर न्यायलयविरुद्ध नभएको बयानमा उल्लेख छ । अदालतका आदेशमा निजी मेडिकल कलेजले प्रश्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विकृति आई तीन करोड नेपालीको स्वास्थ्य र जिउधनप्रति खेलवाड भइरहेको बयान छ ।

आपूmले जारी गरेको प्रेस विज्ञप्तिमा अदालतको अवहेलना हुने गरी अमर्यादित र अशिष्ट तरिकाले प्रकाशित गरेको नभई अदालतप्रति सम्मान रहेको उहाँले बयानमा बताउनुभएको छ ।

त्यसैगरी बयानमा अदालतलको अवहेलनामा सजाय हुन्छ भन्ने आफूलाई राम्ररी थाहा भएको र सही न्याय सम्पादन गर्ने न्यायाधीशलाई आपूmले सम्मान गर्ने उल्लेख छ ।
रासस

प्रतिक्रिया दिनुहोस्