Logo
|
Thursday 25th April 2024
Logo

epaper

‘देउरालीयन रन’ म्याराथुन दौड प्रतियोगिताको आयोजना



देउराली जनता फर्मास्युटिकल्सले २७ औं बार्षिकोत्सवको पूर्व सन्ध्यामा देउरालियन रन म्याराथुन दौडको आयोजना गरेको छ ।

आज बिहान काठमाण्डौको हात्तिसार, कमलपोखरीबाट सुरु सो म्याराथुन कम्पनिको कारखाना कार्यालय, टोखा नगरपालिका वडा नं. ४ धापासीमा पुगेर समापन गरिएको थियो । प्रतियोगितामा कम्पनिका १ सय २५ कर्मचारीको सक्रिय सहभागिता जनाएका थिए ।
प्रतियोगितामा पुरुषतर्फ सुरज खड्का, बिवेक चन्द्र राई र श्री अर्जुन लुईटेलले क्रमश ः प्रथम, द्घित्तिय एवं तृतिय स्थान हासिल गर्नुभएको छ भने महिलातर्फ दीपा श्रेष्ठ, रुपा श्रेष्ठ र श्री लक्ष्मी श्रेष्ठले क्रमश ः प्रथम, द्घित्तिय एवं तृतिय स्थान हाँसिल गर्नुभएको छ ।

देउरालीले आगामी माघ १६ गते सम्माननीय उप–राष्ट्रपति नन्द बहादूर पुनको प्रमूख आतित्थ्यतामा २७ औं बार्षिकोत्सव मनाउँदैछ ।
कम्पनिका प्रबन्ध निर्देशक हरिभक्त शर्माले भन्नुभयो— शान्त, सुन्दर र समृद्ध नेपाल हामी सबैको चाहना हो ।’
उहाँले सभ्य, शालीन र समुन्नत नेपाल बनाउन श्रमको सम्मान गर्ने, स्वस्थ्य जीबनयापनको संस्कार बिकास गर्ने र रोजगारदाताको समेत सम्वद्र्धन गर्दै लगानी प्रवर्धन गर्ने वातावरणको सृजना गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै यस ऐतिहासिक अवसरमा हामी सवैमा असल औद्योगिक श्रम सम्बन्ध कायम गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्