Logo
|
Friday 26th April 2024
Logo

epaper

जब मलाई हृदयघात भयो—रक्षामन्त्री प्रधान



काठमाडौंको क्षेत्रपाटीस्थित ‘छत्रपाटी निःशुल्क चिकित्सालय’ ६२ औं वर्षमा प्रवेश गरेको छ । चिकित्सालयको ६१ औं वार्षिकोत्सवमा रक्षा मन्त्री भिमसेनदास प्रधानले देशमा स्वास्थ्य र शिक्षा निशुल्क हुनुपर्ने बताउनुभयो ।

अब बन्ने सरकारले देशमा समृद्धि र सुशासन कायम गर्नुपर्ने भन्दै उहाँले सबै जनताले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आफूलाई पनि सात वर्ष पहिले ह्दयघात भएको स्मरण गर्दै मन्त्री प्रधानले हृदयघात हुनुभन्दा पहिले नियमित स्वास्थ्य परिक्षण समेत नगरेको जानकारी दिनुभयो । त्यो बेला पनि हृदयघात हुँदा १० लाखभन्दा बढी खर्च भएको प्रधानको भनाइ छ । कम्त्तिमा छ महिनामा एक पटक स्वास्थ्य परिक्षण गराएको भए सम्भवत मलाई हृदयघात हुने थिएन, प्रधानले भन्नुभयो,‘त्यो बेला देखि म तीन–तीन महिनामा होलबडि चेकअप गर्ने गरेको छु ।’ उहाँले कम्तिमा वर्षमा दुइपटक मात्र स्वास्थ्य परिक्षण गर्ने हो भने के रोग लागेको छ, र कुन रोग लाग्नेवाला छ भन्ने जानकारी हुने भएको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संघीयसमाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले स्वास्थ्य क्षेत्र सेवामुलक हुनुपर्नेमा व्यापारीकरण भएको बताउनुभयो । श्रेष्ठले राज्यले संविधानमा शिक्षा र स्वास्थ्यलाई निशुल्क हुनुपर्छ भन्ने व्यवस्था गरेको भएतापनि व्यापारीकरण हुनु दुखद हो भन्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा राज्यकोषलाई दुरुपयोग गर्ने काम भइरहेको आरोप लगाउनुभयो ।
प्रदेशसभाका सभाषद वसन्त मानन्धरले छत्रपाटी निशुल्क चिकित्सालयले अति कम आम्दानी भएकाहरुलाई स्वास्थ्य सेवा दिएको बताउनुभयो । उहाँले स्वास्थ्यलाई निशुल्क गर्नुपर्नेमा जोड दिनुभयो । छत्रपाटी निशुल्क चिकित्सालयका अध्यक्ष विजयबहादुर मालीले चिकित्सालयले स्वास्थ्य सेवा सँगै समाजसेवा गरेको बताउनुभयो । उहाँले चिकित्सालयमा दुइवटा आइसियु ल्याउने तयारी भइरहको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्